+
+

पाकिस्तानमा बम विस्फोटबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १५ गते १०:०५

१५ साउन, काठमाडौं । पाकिस्तानमा भएको बम विस्फोटमा मृत्यु हुनेको संख्या ४४ पुगेको छ । एक सय जना घाइते भएका छन् ।

पाकिस्तानको उत्तर पश्चिममा पर्ने खैबर पख्तुनख्वा प्रान्तको बाजौर जिल्लामा आइतबार एक र्‍यालीमा बम विस्फोट भएको थियो । विस्फोटमा ४४ जनाको मृत्यु भएको र १०० जना घाइते भएको खैबर पख्तुनख्वा राज्यका स्वास्थ्य मन्त्री रिवाज अनवरले समाचार एजेन्सी एपीलाई जानकारी दिएका छन् ।

आत्मघाती आक्रमण भएको र यसबारे प्रहरीले अनुसन्धान जारी राखेको उनले बताएका छन् ।

आक्रमणमा कसको संलग्नता छ भन्ने खुलेको छैन । खैबर पख्तुनख्वाको सिमाना अफगानिस्तानसँग जोडिएको छ ।

यसैबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले आक्रमणको निन्दा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?