+
+

प्रधानमन्त्री प्रचण्ड र रास्वपा प्रमुख सचेतक सन्तोष परियारबीच भेट

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १५ गते १०:२५

१५ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । संसदीय समितिको सभापति चयनका विषयमा पनि छलफल भएको प्रमुख सचेतक परियारले जानकारी दिए ।

‘प्रधानमन्त्रीले बालुवाटार बोलाउनुभएको थियो । संसदलाई कसरी प्रभावकारी बनाउने भनेर छलफल भयो’, परियारले अनलाइनखबरसँग भने ।

साथसाथै आफूले संसद गतिशील र प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गर्दै ‘संसदले नीति निर्माण गर्ने कुरामा ढिला भइराखेको’ पनि प्रधानमन्त्रीलाई बताएको परियारले जानकारी दिए ।

सदन र समितिलाई प्रभावकारी बनाउने गरी रास्वपालाई भूमिका खेल्न प्रधानमन्त्री प्रचण्डले आग्रह गरेका छन् । जारी सदनको अवरोध हटाउने विषयमा पनि छलफल भएको प्रमुख सचेतक परियारले बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?