+
+

प्रधानमन्त्री प्रचण्डको गुनासो – टीआरसी विधेयकमा संसदमा ढिलासुस्ती भयो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १५ गते १०:३२

१५ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसँग सम्बन्धित टीआरसी विधेयकमा संसदले ढिलासुस्ती गरेको गुनासो गरेको छन् ।

टीआरसीसहित सरकारले प्राथमिकतामा राखेर ल्याएका विधेयकहरु संसदीय प्रक्रियामा आएपछि अपेक्षित रुपमा अगाडि बढ्न नसकेको गुनासो विपक्षी दलका नेताहरुसँग गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार लगायतसँग भेट गरेका छन् । भेटका क्रममा उनले सरकारले प्राथमिकतामा राखेका विधेयकहरुमा ढिलासुस्ती भएको गुनासो गरेका हुन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले टीआरसी विधेयकका विषयमा चासो राखेको रास्वपा प्रमुख सचेतक परियारले जानकारी दिए ।

‘संक्रमणकालीन न्यायसँग सम्बन्धित टीआरसी विधेयकको काम के हुँदैछ भनेर उहाँ (प्रधानमन्त्री प्रचण्ड)ले चासो राख्नुभएको थियो’ परियारले भने, ‘कानुन समितिले उपसमिति बनाएर छलफल सकाएको र प्रतिवेदन लेखनको काम सुरु गरेको जानकारी गराएँ ।’

प्रमुख सचेतक परियार प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समिति सदस्य छन् ।

टीआरसीका विषयमा आफूले समेत राजनीतिक रुपमा सरसल्लाह गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ‘टीआरसीलाई राम्रोसँग अगाडि बढाउन’ समेत भनेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?