+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

प्रमोद अग्रहरि भन्छन्- नेपालमा सस्पेन्स-थ्रिलर फिल्म धेरै बन्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १५ गते १४:३०

काठमाडौं । साउन १९ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘अदृश्य’ले सोमबार पत्रकार सम्मेलन गर्दै देशव्यापी प्रचार अभियान थालेको छ । पत्रकार सम्मेलनमा कलाकारहरु प्रमोद अग्रहरि, रिस्ता बस्नेत, रवि गिरीसहित निर्देशक प्रल्हाद काफ्ले उपस्थित रहे ।

अभिनेता अग्रहरिले नेपालमा सस्पेन्स-थ्रिलर कथावस्तुका फिल्मप्रति दर्शकको रुचि राम्रो रहेको बताए । ‘हाम्रोमा यस्ता जनरामा निकै कम फिल्म बन्ने गर्छन् । अब धेरै बन्नुपर्छ । फिल्ममा मेरो लुक्सले पनि दर्शकलाई लोभ्याएको हुन सक्छ,’ अग्रहरिले भने ।

कोरोना महामारीको समयमा छायांकन गरिएको फिल्मले दर्शकलाई लोभ्याउन सक्ने विश्वास उनले व्यक्त गरे । निर्माता तथा निर्देशक काफ्लेले कलाकारदेखि प्राविधिक समूहसम्मले कुनै सम्झौता गरी काम गरेकाले आफ्नो डेब्यु फिल्म उत्कृष्ट हुन सक्ने दाबी गरे । फिल्मको पहिले नाम ‘ए’ राखिए पनि पछि कथा सुहाउँदो नाम ’अदृश्य’ फिट हुने भएपछि परिवर्तन गरिएको उनले बताए ।

अभिनेता प्रवीण खतिवडाले पनि फिल्म राम्रो बनेकाले दर्शकले रुचाउन सक्ने बताए । अभिनेत्री बस्नेतले यो फिल्मबाट आफूले धेरै कुरा सिक्ने अवसर पाएको बताइन् ।

पिताम्बर फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्ममा सोहित मानन्धर, छुल्ठिम गुरुङ, रवि गिरी, सीएम भारद्वाज सुवेदी, विकेश प्रजापति, प्रिन्स प्रसिड सिंह थापा, गीत बिष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतीक भुजेल लगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?