
१७ साउन, काठमाडौं । स्ट्राइकर साडियो माने साउदी प्रो विग क्लब अल नासरमा अनुबन्धित भएका छन् ।
अल नासरले मंगलबार मानेलाई अनुबन्ध गर्दै कलबको खेलाडीको रुपमा सार्वजनिक गरेको छ ।
जर्मन क्लब बायर्न म्युनिख छाड्दै माने साउदी क्लब पुगेका हुन् । मानेले अल नासरसँग चार वर्षको लागि सम्झौता गरेको क्लबले जनाएको छ । उनले पाँच पटकको बालोन डे’ओर विजेता क्रिस्टियानो रोनाल्डोसँगै खेल्नेछन् ।
सेनेगललाई अफ्रिकन कप अफ नेसन्स जिताउँदा माने कप्तान थिए । उनले दुई पटक अफ्रिकी वर्ष खेलाडीको अवार्डसमेत जितेका थिए ।
आर्थिक पक्ष सार्वजनिक नगरिए पनि विभिन्न रिपोर्टहरुका अनुसार साउदी क्लबले मानेका लागि ४० मिलियन युरो तिरेको रोएटर्सले उल्लेख गरेको छ ।
३१ वर्षका मानेले बायर्नका लागि ३८ खेलमा १२ गोल गरेका थिए । लिभरपुलमा उत्कृष्ट प्रदर्शन गर्दै २६९ खेलमा १२० गोल गरेपछि उनी गत सिजन बायर्न म्युनिख पुगेका थिए । तर त्यहाँ उनको प्रदर्शन सोचे जस्तो हुन सकेन ।
मानेले अल नासरमा अनुबन्धित भएपछि क्लबको हिस्सा बन्न पाउँदा खुशी लागेको र खेलको लागि धेरै पर्खन नसक्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4