+
+

‘रंगेली ग्याङस्टर’मा पनि दयाहाङ र मिरुनाले जोडी बाँध्ने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १७ गते १३:०५

काठमाडौं । दयाहाङ राई र मिरुना मगरको जोडीलाई अहिले नेपाली फिल्म क्षेत्रमा ‘डीएम जोडी’ले चिन्न थालिएको छ । यो जोडीले एकसाथ ब्लकबस्टर फिल्महरुमा सहकार्य गरेको छ ।

यी दुई जनाले काम गरेको ‘कबड्डी ४’ र ‘जारी’ले घरेलु बक्स अफिसमा उछाल कमाइ गरेका छन् । प्रदर्शन तयारीमा रहेको ‘नांगो गाउँ’मा पनि यी दुईलाई देख्न सकिन्छ । यसैबीच, केही दिनअघि मिरुना मगरलाई शीर्ष भूमिकामा लिएर अर्जुन सुवेदीले ‘रंगेली ग्याङस्टर’ फिल्म निर्देशन गर्ने चर्चा थियो ।

अब भने यो फिल्मको शीर्ष भूमिकामा दयाहाङ राई पनि जोडिएका छन् । अर्थात्, यो फिल्मको मुख्य भूमिकामा पुनः डीएम जोडी देखिनेछन् । दयाहाङसहित अभिनेता प्रवीण खतिवडा पनि फिल्ममा अनुबन्धित भएका छन् ।

मिरुना र अर्पण थापा अनुबन्धित भएको खबर पहिले नै आइसकेको छ । भदौ २० गतेदेखि छायांकन सुरु हुने भनिएको फिल्मको कथावस्तु मोरङको रंगेली वरपर केन्द्रित हुने जनाइएको छ । अन्य कलाकारका लागि कास्टिङ कल आह्वान गरिएको छ ।

मिरुना र दयाहाङ अभिनित ‘नांगो गाउँ’ भदौ २९ गते रिलिजको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?