+
+

स्वीडेन र दक्षिण अफ्रिका महिला विश्वकपको नकआउट चरणमा, इटाली र अर्जेन्टिना बाहिरिए

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १७ गते १७:१३

१७ साउन, काठमाडौं । महिला विश्वकप फुटबलमा समूह जीबाट स्वीडेन र दक्षिण अफ्रिका नक आउट चरणमा पुगेका छन् भने इटाली र अर्जेन्टिना समूह चरणबाटै घर फर्केका छन् ।

अर्जेन्टिनालाई २–० ले पराजित गर्दै स्विडेन समूह विजेता बन्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

न्युजिल्यान्डको ह्यामिल्टनस्थित वाइकाटो स्टेडियममा बुधबार भएको खेलमा स्वीडेनको जितमा रेविका ब्लोमभिस्ट र एलिन रुवेन्सनले गोल गरेका हुन् ।

खेलको ६६औं मिनेटमा रेविकाले गोल गर्दै स्विडेनलाई १–० को अग्रता दिलाइन् । यस्तै इन्जुरी समयमा एलिन रुवेन्सनले पेनाल्टीमा गोल गर्दै स्वीडेनलाई २–० को सहज जित दिलाइन् ।

ग्राविएला चाभेजले पेनाल्टी बक्समा रेविका ब्लोमभिस्टमाथि फउल गरेपछि रेफ्रीले स्वीडेनलाई पेनाल्टी प्रदान गर्दा उनी चुकिनन् ।

स्वीडेनसँगको हारसँगै अर्जेन्टिना भने समूहको पुछारमा रहँदै घर फर्केको छ ।

इटालीमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

यो समूहको अर्को खेलमा अन्तिम समयमा इटालीमाथि गोल गर्दै दक्षिण अफ्रिका अन्तिम १६ मा पुगेको छ । दक्षिण अफ्रिकाले इटालीलाई ३–२ ले हरायो ।

२–२ को बराबरीतिर धकेलिएको खेलमा थेम्बी कागत्लानाले इन्जुरी समयमा गोल गरेपछि दक्षिण अफ्रिका नकआउट चरणमा पुगेको छ ।

इटालीका लागि एरिएना करुसोले ११औं र ७४औं मिनेटमा २ गोल गरे पनि टिमको हार टार्न सकिनन् ।

न्युजिल्यान्डको वेलिङटनस्थित वेलिङटन रिजन स्टेडियममा बुधबार भएको रोमाञ्चक खेलमा ३२औं मिनेटमा बेनेडेट्टा ओर्सीले आत्मघाती गोल गरेपछि खेलमा फकिएको दक्षिण अफ्रिकाका लागि ६७औं मिनेटमा हिल्दाह मागाएले अर्को गोल गरेकी थिइन् ।

यो समूहका सबै ३ खेल जितेको स्वीडेनको ९ अंक भयो । स्वीडेनसँग पराजित अर्जेन्टिना १ अंक मात्र बटुलेर पुछारमा रह्यो । इटालीलाई हराउने दक्षिण अप्रिकाले ४ अंक बटुल्यो भने इटालीको ३ अंक मात्र भयो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?