+
+

तीन हप्ताको बीचमा ब्रोइलर कुखुराको मूल्य किलोमै ६० रुपैयाँ घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १७ गते १८:५७

१७ साउन, काठमाडौं । तीन सातामा जिउँदो ब्रोइलर कुखुराको प्रतिकेजी मूल्य ६० रुपैयाँसम्म घटेको छ ।

गत २५ असारदेखि घट्न सुरु भएको कुखुराको बिक्री मूल्य ३१० रुपैयाँबाट घटेर २५० रुपैयाँ कामयम भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।

संघका अनुसार बिहीबारदेखि लागू हुनेगरी किलोमा १० रुपैयाँले मूल्य घटेसँगै जिउँदो कुखुराको प्रतिकेजी मूल्य २५० रुपैयाँ कायम भएको छ ।

यसअघि मंगलबार मात्रै कुखुराको मासुको मूल्य किलोमा १० रुपैयाँले घटेर २६० रुपैयाँ कायम भएको थियो ।

उच्च उत्पादनका कारण कुखराको बिक्री मूल्य घटेको संघले जनाएको छ । जिउँदो कुखुराको बिक्री मूल्य घटेसँगै तयारी मासुको मूल्य पनि घट्ने संघले जनाएको छ । अहिले बजारमा ३८० रुपैयाँसम्ममा कुखुराको तयारी मासु बिक्रिी वितरण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?