+
+

नारायणी पुलबाट हाम फालेकी महिलाको मृत्यु

रासस रासस
२०८० साउन १८ गते ११:५१

१८ चितवन, साउन ।नारायणी नदीमा हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

आज बिहान नारायणी नदी पुलबाट हाम फालेकी महिलाको उद्धारपछि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । बिहान ७ : ४० बजे नदीमा हाम फालेकी अन्दाजी ४५ वर्षीया महिलाको उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितका अनुसार उनको उपचारका क्रममा बिहान ८:३६ मा मृत्यु भएको हो ।

नदीमा हाम फालेकी उनको नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा उद्धार गरी ल्याइएको थियो । महिलाको नाम थर र ठेगाना खुल्न सकेको छैन ।

 

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?