+
+

‘बार्बी’ले आउँदो सप्ताहन्तसम्म विश्वव्यापी १ बिलियन डलर कमाउने प्रक्षेपण

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १८ गते १६:१३

काठमाडौं । हलिउड स्टुडियो वार्नर ब्रदर्सको फिल्म ‘बार्बी’को कमाइको गति रोकिने छाँटकाँट छैन । ग्रेटा गेर्विग निर्देशित यो फेन्टासी-कमेडी फिल्मले आउँदो सोमबारसम्म विश्वव्यापी एक बिलियन अमेरिकी डलर कमाउने प्रक्षेपण गरिएको छ ।

हलिउड म्यागजिन डेडलाइनले सम्भवतः आइतबार, नत्र सोमबारसम्म फिल्मले बिलियन अंकको कमाइ गर्ने उल्लेख गरेको छ । फिल्मले आउँदो तेस्रो सप्ताहन्तमा मात्र ५५ मिलियन डलर कमाउने जनाइएको छ ।

‘बार्बी’को कमाइ यसअघिका सातामा रिलिज भएका टम क्रुजको ‘मिसन इम्पोसिबल ७’ र अर्को फिल्म ‘द सुपर मारियो ब्रोज’भन्दा उच्च रहेको जनाइएको छ । आउँदो बिहीबार बार्बी रिलिजको १५ दिन पुग्नेछ र सोही दिन ४०० मिलियन डलरको आँकडा छुनेछ । तर मिसन इम्पोसिबल ७ र द सुपर मारियो ब्रोजले उक्त बराबर कमाउन १८ दिन लागेको थियो ।

बुधबारसम्म ‘बार्बी’ले विश्वव्यापी ८५० मिलियन डलर कमाएको छ । कुनै बिदा नपरेको दिनमा पनि बार्बीले गत सोमबार एकैदिनमा १५ मिलियन डलर कमाएको थियो ।

युनिभर्सल स्टुडियोको अर्को फिल्म ‘ओपेनहाइमर’ बक्स अफिसमा आगामी साता २५ देखि २६ मिलियन डलर कमाउँदै दोस्रो स्थानमा रहने प्रक्षेपण गरिएको छ । उत्तर अमेरिकी बक्स अफिसमा ओपेनहाइमरले क्रिस्टोफर नोलनको अघिल्लो फिल्म ‘डन्क्रिक’लाई पनि उछिनेको छ ।

आउँदो सप्ताहन्त जेसन स्थाथम स्टारर ‘मेज २’ले २० देखि ३० मिलियन डलर कमाउँदै तेस्रो स्थानमा रहने प्रक्षेपण डेडलाइन म्यागजिनले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?