
२० साउन, काठमाडौं । नर्वेमाथि सहज जित हात पार्दै जापान महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ ।
न्यूजिल्याण्डको स्काई स्टेडियममा शनिबार भएको खेलमा जापानले ३–१ को जित हात पारेको हो ।
२०११ को विश्व च्याम्पियन जापानले १५औं मिनेटमा अग्रता लियो, जब हिनाता मियाजावाको क्रसलाई इंग्रिड एगेनले आफनै पोष्टको जाली चुमाइन् । केही मिनेटपछि नै नर्वेकी ग्युरो राइतनले गोल गर्दै खेललाई बराबरीमा फर्काएकी थिइन् ।
दोस्रो हाफमा जापान हावी भयो । ५०औं मिनेटमा रिसा सिमुजुले गोल गरिन् भने ८०औं मिनेटमा मियाजावाले गोल गर्दै जापानलाई क्वार्टरफाइनलमा पुर्याइन् ।
सेमिफाइनल प्रवेशका लागि जापानले डिफेण्डिङ च्याम्पियन अमेरिका र स्वीडेनबीच हुने खेलको विजेतासँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4