+
+

डेंगु नियन्त्रणका लागि कागेश्वरी मनोहराले लार्भा नष्ट अभियान चलाउने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २१ गते ११:३४

काठमाडौं । देशका विभिन्न स्थानमा डेंगु संक्रमण बढिरहँदा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले पनि नियन्त्रण अभियान थालेको छ । नगरपालिकाको स्वास्थ्यका शाखाले डेंगुको जोखिम बढी हुने स्थानमा लार्भा नष्ट अभियान सुरु गर्ने जनस्वास्थ्य निरीक्षक तथा महामारी तथा सरुवा रोगका फोकल पर्सन पर्वत शंकरले जानकारी दिए ।

शुक्रबार गरिएको अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख उपेन्द्र कार्कीले डेंगु लाग्न नदिन स्वास्थ्य शाखामार्फत शिक्षा शाखा र नगर प्रहरीलाई अभियानकै रुपमा सबै वडाका स्वास्थ्य संस्था,  विद्यालय तथा टोलटोलमा लामखुट्टेको बासस्थान खोजी लार्भा नष्ट गर्ने कार्यक्रमलाई अघि बढाउन निर्देशन दिए ।

उपप्रमुख शान्ता थापाले पनि वडामार्फत नै कार्यक्रमलाई अघि बढाई सचतेना फैलाउनुपर्नेमा जोड दिइन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले विगतका वर्षलाई हेर्दा अझै डेंगु रोगको ठूलो जोखिम आउन बाँकी नै रहेकाले वडामार्फत अभियानलाई तीव्रता दिनुपर्ने बताए ।

स्वास्थ्य शाखा प्रमुख कुमार सिंह डाँगीले अझै करिब तीन महिना डेंगु रोगको जोखिम हुने भएकाले सर्वसाधारणमा सचेतना फैलाउनपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?