+
+

माओवादी केन्द्रका नेताहरुको विभाग फेरबदल

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २१ गते १४:०५

२१ साउन, काठमाडौं । माओवादी केन्द्रमा पदाधिकारी तथा स्थायी समिति सदस्यहरुको विभाग हेरफेर गरिएको छ । केन्द्रीय समिति बस्नुअघि बालुवाटारको पदाधिकारी बैठकमार्फत अध्यक्ष प्रचण्डले जिम्मेवारी फेरबदल गराएका हुन् ।

त्यसअन्तर्गत उपमहासचिव वर्षमान पुन अनन्तले विशेष प्रदेशको जिम्मेवारी पाएका छन्  भने अर्का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन् ।

यस्तै देवेन्द्र पौडेलले मधेस प्रदेशको जिम्मेवारी पाएका छन् । यसैगरी कर्णालीमा चन्द्रप्रकाश खनाल बलदेव, सुदुरपश्चिममा डिलाराम आचार्यले इन्चार्जको जिम्मेवारी पाएको प्रचण्ड निकटका एक नेताले अनलाइनखबरलाई बताए ।

केन्द्रीय समिति बैठक कमलादीमा सुरु भइसकेको छ । यतिबेला अध्यक्ष प्रचण्ड बोलिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?