+
+

खुट्टाका बुढीऔँला जुधाउने अनौठो कुस्ती प्रतियोगिता !

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २२ गते १२:२१

के तपाईंले विश्व बुढीऔँला कुस्ती च्याम्पियनसिपका बारेमा सुन्नुभएको छ ? सायद यो अनौठो खेलका बारेमा निकै कम मानिसलाई मात्र थाहा होला । तर यो प्रतियोगिता पछिल्लो ५३ वर्षदेखि चलिरहेको छ ।

World Toe Wrestling Championship बेलायतमा निकै लोकप्रिय छ । जसको निकै पुरानो इतिहास छ ।

खुट्टाको बुढीऔँला जुधाउने यो कुस्ती खेल विभिन्न स्थानमा आयोजना हुन्छ । तथापि सन् १९७० को दशकमा बेलायतको स्टेफोर्डशायरस्थित वेटन गाउँमा यसको सुरुवात भएको थियो ।

दुनियाँमा सबैखाले खेलका प्रतियोगिता आयोजना गर्ने बेलायतको चाहना अनुसार यस्तो अनौठो खालको च्याम्पियनसिपको सुरुवात गरिएको थियो ।

विश्व बुढीऔँला कुस्ती प्रतियोगिताको सुरुवात ठ्याक्कै सन् १९७६ मा भएको हो । डर्बिशायरको वेटनस्थित एक पबमा पहिलो प्रतियोगिता भएको थियो ।

यो खेलमा एकपटकमा दुईजना प्रतिस्पर्धीहरु आफ्ना खुट्टाका बुढीऔँलालाई एक अर्कासँग जुधाएर प्रतिद्वन्द्वीको खुट्टालाई जमिनमा ढाल्ने प्रयास गर्दछन् ।

डाक्टरले खुट्टा परीक्षण गरेर भिडन्तका लागि योग्य भएको प्रमाणित गरेपछि मात्र कुनै पनि व्यक्तिले यो कुस्तीमा भाग लिन पाउँछ ।

हाल यो च्याम्पियनसिप स्टेफोर्डशायर–डर्बीशायरको सीमास्थित एशबोर्न नजिकैको बेन्टले ब्रुक इनमा आयोजना गरिन्छ ।

स्मरण रहोस् आयोजकहरुले यो बुढीऔँला जुधाउने कुस्तीलाई ओलम्पिक प्रतियोगितामा पनि सामेल गराउन सन् १९९७ मा आवेदन गरेका थिए । तर विश्व ओलम्पिक संघले यसलाई स्वीकार गरेन ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?