+
+

कैलालीमा ५०० घर डुबानमा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते १३:२९
डुबान प्रभावित क्षेत्रका बासिन्दा र उनीहरुका घरका सामान सुरक्षित स्थानमा सार्दै सुरक्षाकर्मी ।

२३ साउन, धनगढी । सोमबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी बस्तीमा पस्दा कैलालीमा पाँच सय घरधुरी प्रभावित भएका छन् । धनगढी उपमहानगरपालिका, भजनी नगरपालिका, गोदावरी नगरपालिका, चुरे, जोशीपुर र कैलारी गाउँपालिकामा नदीको पानी बस्तीमा पस्दा पाँच सय घर धुरी प्रभावित भएको स्थानीय प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले विभिन्न नदीको पानी बस्तीमा पस्दा ६ वटा स्थानीय तहमा मानवीय क्षति नभए पनि घरहरु डुबानमा परेको जानकारी दिए । जोशीका अनुसार खुटिया नदीको पानी बस्तीमा पस्दा धनगढी उपमहानगरपालिका–१५ को कनरीमा १४ घर, काडा र कान्द्रा नदीको बाढीले भजनी नगरपालिका–२, ३, ५, ७ र ८ नम्बर वडामा गरेर साढे दुई सय घर डुबानमा परेका छन् ।

यस्तै कैलारी गाउँपालिका–७ का विभिन्न बस्तीमा कटैनी नदीको पानी पस्दा डेढ सय घर धुरी र जोशीपुर नगरपालिकाका विभिन्न बस्तीमा काडा नदीको बाढीले ५६ घर धुरी प्रभावित भएका प्रहरीले जनाएको छ ।

गोदावरी नगरपालिकाको खैराना खोलाको बाढीले एउटा पसल डुबेको छ भने चुरे गाउँपालिका–५ को गोपालेमा पहिरोले अवरुद्ध भएको बाटो खुलेको छ ।

जिल्ला प्रशासन कार्यालयले बाढीले प्रभावित भएका घर परिवारलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले संयुक्त रुपमा सुरक्षित स्थानमा सार्ने काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?