+
+

कपिलवस्तुमा बसको ठक्करबाट १० गाई-गोरु मरे

रासस रासस
२०८० साउन २३ गते १६:३८

२३ साउन, कपिलवस्तु । कपिलवस्तुमा गएराति बसको ठक्करबाट १० गाई, गोरु मरेका छन् ।

जिल्लाको वाणगङ्गा नगरपालिका र बुद्धभूमि नगरपालिकाको सिमा क्षेत्रमा पर्ने खारखानीमा बसको ठक्करबाट उक्त सङ्ख्यामा गाई गोरु मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौंबाट दाङ तुल्सीपुर जाँदै गरेको बसको ठक्करबाट पाँच गाई र पाँच गोरु मरेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए । बसको ठक्करबाट चार वटा पशु चौपाया घाइते भएको प्रहरी निरीक्षक शाहीले बताए ।

गाईगोरुलाई ठक्कर दिने बस इलाका प्रहरी कार्यालय गोरुसिङ्गेको नियन्त्रणमा रहेको छ । गएराति अध्यधिक पानी परेको र तीव्र गतिका कारणबीच गाईगोरु ठोक्किएको प्रहरीले जनाएको छ ।

घाइते पशुको जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सकले उपचार गरी जङ्गलतिर लागेको र अन्यको पोष्टमार्टम गरी गाडीएको गोरुसिङ्गेका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?