+
+

सिद्धान्त र विचारभन्दा माथि देश मान्ने पार्टी कांग्रेस होइन : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते १८:०८

२३ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विचार माथि देश मान्ने पार्टी कांग्रेस नभएको बताएका छन् ।

२९ औं विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंमा बोल्ने क्रममा महामन्त्री थापाले भने, ‘सिद्धान्त र विचारभन्दा माथि देश भन्नेवाला पार्टी हार्मी होइनौं । कांग्रेस पार्टीे विचारले डोर्‍याउँछ । विचारमा प्रष्ट भयौं भने कार्यक्रममा प्रष्ट हुन्छौं ।’

उनले  सबै भाषा र संस्कृतिको जगेर्नाले नागरिकमा देशभक्ति पैदा हुने बताए ।

बोल्न मन लागेको कुरा बोल्न पाउने, लेख्न मन लागेको कुरा लेख्न पाउनुको साथै नागरिकले मातृ भाषाको पनि अधिकार प्रयोग गर्न पाउनुपर्ने उनले बताए ।

जनजाति आदिवासीले संविधानमा लेखिएको व्यवस्था अनुसारको अधिकार प्रयोग गर्न पाउँदा देशभक्ति थप बढ्ने उनी बताउँछन् । ‘नेपाली कांग्रेस प्रत्येक नेपाली देशभक्त भएको देख्न चाहन्छ । देशभक्तको पहिलो शर्त संविधानले दिएको अधिकार प्रयोग गर्न पाउनु हो,’ थापाले भने ।

वर्तमान संविधान सम्पूर्ण रुपमा प्रर्याप्त नरहेकाले यसैबाट सुधार खोज्दै जानुपर्ने थापाको तर्क छ । संविधान बनाउँदै गर्दा छुट्न नहुने कतिपय विषय ओझेलमा परेको थापाले बताए ।

मातृ भाषा विषय अध्ययन गराउने अधिकार स्थानीय तहलाई भएकाले कांग्रेसका जनप्रतिनिधिले काम गर्नुपर्ने बताए । केन्द्रदेखि स्थानीय तहसम्म कांग्रेस सरकारमा रहेकाले बनाउनुपर्ने कानुनलाई तत्परता आफैं लिनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?