+
+

एएफसी कप छनोटमा मछिन्द्रले पारोलाई हरायो, अबको खेल मोहन बगानसँग

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते १९:२७

२३ साउन, काठमाडौं । एएफसी कप छनोटको प्रारम्भिक चरणमा भुटानी क्लब पारो एफसीलाई हराउँदै मछिन्द्र एफसी प्रारम्भिक छनोटको दोश्रो चरणमा पुगेको छ ।

खेलको सातौं मिनेटमा नै पछि परेको अवस्थालाई उल्टाउँदै खेलमा मछिन्द्र विजयी भयो ।

७औं मिनेटमा पारोका काजुओ होम्माले प्रहार गरेको बल गोलकिपर विशाल श्रेष्ठलाई लाग्दै गोल भएको थियो ।

तर त्यसको ५ मिनेटपछि नै  विमल घर्ती मगरले बराबरी गोल फर्काए ।

एरिक विष्टको छोटो कर्नर पास र आयुष घलानको क्रसमा विमलले हेडमार्फत गोल गरेका थिए ।

त्यसपछि १५ ‍औं मिनेटमा घलानले नै गोल गरेर मछिन्द्रलाई अग्रता दिलाएका हुन् । विमलले पेनाल्टी क्षेत्र भित्रबाट मिलाएको पासमा आयुषले पहिलो टचमा सुन्दर गोल गरे ।

३९ मिनेटमा ओलावाले आफिजले गाेल गरेपछि मछिन्द्रले ३-१ काे अग्रता बनायो ।  ओमालाजा करिमकाे पासमा ओलावालेले गाेल गरे र टिमलाई ३-१ को अग्रता दिलाए ।

७१औं मिनेटमा पारोका लागि इभान अशान्तेले १ गोल थपे पनि त्यो जितका लागि पर्याप्त भएन ।

खेलको ८९ औं मिनेट काजोउले पेनाल्टी बक्सभित्रबाट गरेको प्रहार विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे । इन्जुरी समयमा मछिन्द्रका लागि आशिष चौधरीले बायाँतर्फबाट दिएको उत्कृष्ट बल विमलले गोलमा परिणत गर्न भने सकेनन् ।

विजेता मछिन्द्रले अब १६ अगष्टमा भारतको इन्डियन सुपर लिग खेल्ने मोहन बगानसँग कोलकातामा खेल्ने छ ।

यो खेलको विजेताले बंगलादेशको ढाका अबहानी र माल्दिभ्सको क्लब इगल्स बीचको विजेतासँग अगष्ट २२ मा खेल्ने छ ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?