+
+

गौर हत्याकाण्डको विषयमा शेरबहादुर देउवा र उपेन्द्र यादवबीच संवाद

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २४ गते १३:२५

२४ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसाप)का अध्यक्ष उपेन्द्र यादवबीच टेलिफोन संवाद भएको छ । उच्च स्रोतका अनुसार दुई नेताबीच गौरहत्याकाण्डको विषयमा कुराकानी भएको छ ।

बुधबार सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच १७ वर्षअघि भएको हत्याकाण्डको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने सहमति भएको छ । यो सहमति लगत्तै जसपाका अधयक्ष यादवले कांग्रेस सभापति देउवालाई टेलिफोन गरेका हुन् ।

जसपा अध्यक्ष यादवले सरकारको सहमतिबारे कांग्रेस सभापति जानकार रहेको वा नरहेको विषयमा चासो राखेको नेताहरु बताउँछन् । ‘यो विषयमा अध्यक्ष ज्युले चासो राख्नु स्वभाविक हो’ जसपाकै एक नेताले अनलाइनखबरसँग भने ।

यो विषयमा जसपामा नेताहरु आन्तरिक छलफलमा समेत जुटेका छन् । जसपाका कार्यकारिणी समितिका सदस्यहरुले बुधबार यस विषयमा अनौपचारिक छलफल गरेका छन् ।

एउटा निचोडमा पुगेर आवश्यक परे पार्टीको धारणा सार्वजनिक गर्ने तयारी जसपाका नेताहरुको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बुधबार भएको शीर्ष नेताहरुको भेटमा समेत यो विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटर्वार्ता गरेका छन् ।

नेताहरुका अनुसार शीर्ष नेताहरुको भेटमा संघीय संसदमा जारी अवरोध र गौर हत्याकाण्डको विषयमा सरकारले पीडितसँग गरेको सहमतिको विषयमा छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?