+
+

एमाले अध्यक्ष ओली र सांसद सुनिल शर्माबीच भेट

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २८ गते १३:३८

२८ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सांसद सुनील शर्माबीच आइतबार भेट भएको छ । शर्मा एमाले अध्यक्ष ओलीलाई भेट्न आइतबार बिहान ९ बजे उनको निवास बालकोट पुगेका थिए ।

उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो । नक्कली प्रमाणपत्रको छानबिनका लागि भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार शर्मालाई पक्राउ गरेको थियो । शुक्रबार जिल्ला अदालतले थुनामा राख्न नपर्ने आदेश दिएपछि शर्मा रिहा भएका थिए ।

थुनामुक्त भएपछि शर्माले आफ्नो बाबुसमान भन्दै एमाले अध्यक्ष ओलीको प्रशंसा गरेका थिए । शनिबार एक अन्तर्वार्तामा उनले आफूले आइतबार ओलीसँग भेट्ने तय भएको पनि बताएका थिए ।

शर्माले १० साउनको प्रतिनिधिसभा बैठकमा सुन तस्करी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले राजीनामा दिनुपर्ने धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?