+
+

दाङमा खोलाले बगाउँदा एक जना वृद्धा बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २८ गते १४:३६

२८ साउन, दाङ । दाङमा खोलाले बगाउँदा एक जना वृद्ध बेपत्ता भएका छन् ।

घोराही बेलझुण्डी नजिकैको पत्रे खोलाले घोराही उपमहानगरपालिका-११ स्थित झमरेका ६४ वर्षीय तिलकराम विकलाई बगाउँदा बेपत्ता भएका हुन् ।

उनलाई खोला किनारामा गएको बेला खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए ।

अरु दिन झैं दिसा गर्न खोला किनारामा गएका विक अबेरसम्म पनि नफर्किएपछि परिवारका सदस्य खोजी गर्दै खोलासम्म पुगेका थिए ।

सो क्रममा खोला किनारामा उनको छाता, चश्मा र लठ्ठी फेला परेको थियो । उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?