+
+

फिल्म ‘जय हो’ले काठमाडौं महानगरभित्र पोस्टर नटाँस्ने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २८ गते १८:२३

काठमाडौं । फिल्म ‘जय हो’को पोस्टर काठमाडौं महानगर क्षेत्रभित्र नटाँसिने भएको छ । यसअघि जथाभावी पोस्टर टाँसेर प्रदूषण गरेको भन्दै सरोज खनाल निर्देशित फिल्म ‘बगान’लाई काठमाडौं महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना तिराएको थियो ।

काठमाडौं सुन्दर बनाउने अभियान साथ दिन आफूहरुले यस्तो निर्णय गरेको ‘जय हो’का निर्माता शोभित बस्नेतले बताए । ‘कुनै पनि फिल्मका पोस्टर नटाँस्नसमेत अनुरोध गर्नेछु,’ उनले भने । टेक पौरखी राई निर्देशित फिल्म ‘जय हो’ आगामी भदौ ८ गते देशव्यापी रिलिज हुँदैछ ।

फिल्ममा केकी अधिकारी, सलोन बस्नेत र अर्पण थापाको शीर्ष भूमिका छ । फिल्ममा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ र सुशान्त श्रेष्ठले समेत अभिनय गरेका छन् । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, समीर मियाँको भीएफएक्स रहेको छ ।

फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजीत बास्कोटा र सागर आले मगरको संगीत छ । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मको प्रोडक्सन डिजाइनर केबलमान सिंह बस्नेत र प्रोडक्सन हेड समीर खान हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?