+
+

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २८ गते १८:३९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट पाउने भएका छन् ।

बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका विभिन्न संस्थासँग सम्झौता गरी आफ्ना ग्राहकलाई आकर्षक छुट उपलब्ध गराउने भएको हो ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले वीरगञ्जमा रहेको मंगलम डाइगनोस्टिक सेन्टरको प्याथोलोजी टेस्ट सेवामा १० प्रतिशत, बाराको सिमरामा अवस्थित होटल क्विक–२० एण्ड रिभर साइड प्रालिका सेवामा अधिकतम १० प्रतिशत, मकवानपुरको हेटौंडामा अवस्थित रेगल हेटौंडा रिसोर्ट प्रालिका सेवामा अधिकतम १५ प्रतिशत, कैलालीको धनगढीमा अवस्थित निसर्ग हस्पिटल प्रालिका सेवामा अधिकतम २० प्रतिशत, मकवानपुरको हेटौंडामा अवस्थित विशुद्ध मोमोचाका सेवामा १० प्रतिशत र चितवनको भरतपुरमा अवस्थित कविलास रिसोर्ट एण्ड फनपार्कका सेवामा १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौता भएका संघसंस्थाले उपलब्ध गराउने सेवा उपभोग गरेवापत बैंकका डेबिट एवम् क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?