+
+

८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चाइल्ड केयर सेन्टरका सञ्चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २९ गते १२:१६

२९ साउन, काठमाडौं । ललितपुरस्थित बुंगमतीमा रहेको ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टरका सञ्चालक बालयौन दुरुपयोग गरेको आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर, ललितपुरले संस्थाका सञ्चालक हुम्लाको सिमिकोट गाउँपालिका–८ स्थायी घर भइ ललितपुर बस्दै आएका ४१ वर्षीय दत्तसिंह बुढालाई पक्राउ गरेको हो ।

ललितपुर प्रहरीका एसपी नवराज कार्कीका अनुसार, उनले असारदेखि २६ साउनसम्म सोही चाइल्ड केयरमा बस्दै आएकी ८ वर्षीया नाबालिगलाई यौन दुव्र्यवहार गरेको पाइएको छ ।

‘प्रतिकार गर्न खोज्दा उनले बालिकालाई निलडाम हुने गरी कुटपिट गरेर शारीरिक यातना दिएको पनि पाइएको छ’, कार्कीले भने, ‘उनविरुद्ध थप अनुसन्धानका लागि अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।’

पीडित नाबालिगलाई उद्धार गरेर संरक्षण गृहमा राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?