+
+

दयाहाङ र मिरुनाको ‘रंगेली ग्याङ्स्टर्स’को नाम बदलियो, महाशिवरात्रिमा आउने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३० गते ११:१२

काठमाडौं । निर्माणको घोषणादेखि नै चर्चित बनेको ‘रंगेली ग्याङ्स्टर्स’ फिल्मको नाम अब ‘रंगेली’ मात्र बनाइएको छ । निर्माताले प्रेस वक्तव्य जारी गर्दै फिल्मलाई महाशिवरात्रिको दिन आगामी फागुन २५ गते रिलिज गर्ने जनाएका छन् ।

फिल्मको छायांकन हुने स्थल मोरङको रंगेलीमा भएको आपसी समझदारीको आधारमा फिल्मको नामबाट ‘ग्याङस्टर्स’ हटाइएको जनाइएको छ । ‘शीर्षकमा गरिएको यो परिमार्जनले समाजभित्र सकारात्मकता, एकता र सम्मानको वातावरण कायम राख्न सहयोग पुग्ने विश्वास गरिएको छ,’ निर्माताले भनेका छन् ।

‘यस फिल्मको छायांकन हुने स्थान मोरङ जिल्लाको रंगेलीमा भएको आपसी समझदारीबाट शीर्षक परिमार्जनको निर्णय गरिएको हो । त्यहाँका स्थानीय समुदायका अग्रज तथा स्थानीय निकायबाट यस फिल्मको शीर्षकमा परिमार्जनको लागि आग्रह गरिएको थियो । उहाँहरूको आग्रहलाई सम्मान गर्दै शीर्षक परिमार्जन गरिएको हो । यद्यपि, फिल्मको स्क्रिप्टमा कुनै परिमार्जन गरिएको छैन,’ प्रेस वक्तव्यमा उल्लेख छ ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रविण खतिवडा लगायतको प्रमुख भूमिका रहनेछ । आगामी भदौ २० गतेदेखि फिल्मको छायांकन हुने जनाइएको छ ।

फिल्मका लेखक तथा निर्देशक अर्जुन सुवेदी हुन् भने कार्यकारी निर्मातामा जितेन्द्र खतिवडा र अनुजजंग थापा छन् । संसार चौलागाईं र रमेश भट्टराई निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?