+
+

चन्द्रागिरि हिल्सको नाफा बढ्यो, लाभांश भने नपाउने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३० गते १२:५१

३० साउन, काठमाडौं । सञ्चालन आम्दानी बढेसँगै चन्द्रागिरि हिल्स‍को नाफा पनि उल्लेख्य बढेको छ ।

कोभिडपछि पर्यटन व्यवसाय चलायमान बन्दै जाँदा चन्द्रागिरि हिल्सको आम्दानीसँगै नाफामा पनि उल्लेख्य सुधार भएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मा १५ करोड ११ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा एक करोड ६८ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षमो नाफा उल्लेख्य रुपमा बढाएको हो ।

कम्पनीको सञ्चालन आम्दानी बढेर ९१ करोड ३४ लाख १८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा ६६ करोड ८९ लाख ७८ हजार रहेको सञ्चालन आम्दानीमा उल्लेख्य वृद्धि हुँदा नाफा पनि बढेको हो ।

व्यवसाय बढ्दै जाँदा कम्पनीको वस्तु बिक्रीको लागत केही बढेर १२ करोड ८ लाख पुग्दा कम्पनीको कुल आय ७९ करोड २६ लाख रहेको छ ।

कर्मचारीको सेवासुविधा तथा खर्च १३ करोड २१ लाख रुपैयाँ र अन्य खर्च १२ करोड १२ लाख पुगेको छ ।

कम्पनीको आम्दानी बढेपनि वित्तीय लागत बढ्न गएको छ । अघिल्लो आर्थिक वर्षमा २२ करोड ९६ लाख रहेकोमा वित्तीय लागत बढेर गत आर्थिक वर्षमा २७ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।

खर्चमा वृद्धिका बाबजुत पनि कम्पनीको आयमा भएको वृद्धिले नाफा बढेको हो । नाफा बढे पनि सञ्चित नोक्सानीमा रहेकोले कम्पनीका सेयरधनीले लाभांशको लागि भने अझै केही वर्ष पर्खनुपर्ने हुन्छ ।

एक अर्ब ५३ करोड ४१ लाख रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको सञ्चित घाटा २३ करोड ४४ लाख ७२ लाख रुपैयाँ छ ।

कम्पनीले नाफा कमाउन लागे पनि सञ्चित घाटा बाँकी रहेकोले लाभांशको लागि केही वर्ष पर्खनुपर्ने भएको हो ।

कम्पनीको प्रतिसेयर नेटवर्थ ७४ रुपैयाँ २२ पैसाबाट बढेर ८४ रुपैयाँ ७२ पैसा पुगेको छ । मूल्य आम्दानी अनुपात २४६.६३ गुणा रहेको छ ।

गत आर्थिक नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी बढेर ९ रुपैयाँ ८५ पैसा पुगेको छ । कम्पनीको बैंक ऋण २ अर्ब २८ करोड ४९ लाख रुपैयाँ बाँकी छ । २०७९ असारमा २ अर्ब ३६ करोड ३५ लाख रुपैयाँ रहेकेा ऋण घटाउँदै लगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?