+
+

सनी देओलको ‘गदर २’  २०० करोड क्लबमा, मंगलबार एकै दिन कमायो ५५ करोड

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३१ गते ११:४०

काठमाडौं । सनी देओल स्टारर बलिउड फिल्म ‘गदर २’ ले भारतीय बक्स अफिसमा धमाका मच्चाउने क्रम जारी छ । फिल्मले हरेक दिन रेकर्ड तोडिरहेको छ । मंगलबार ७७ ‌औं भारतीय स्वतन्त्रता दिवसको दिनमा मात्र फिल्मले ५५ करोड भारुको कमाइ गरेको छ ।

शुक्रबार रिलिज भएको फिल्मले पाँचौ दिनसम्म २०० करोड क्लबमा प्रवेश गरिसकेको छ । ४० करोडबाट खाता खोलेको फिल्मले दोस्रो दिन ४३.०८ करोड, तेस्रो दिन ५१.७ करोड र चौथो दिन ३८.७ करोड कमाइ गरेको छ । पाँचौ दिनको कमाइ ५५ करोड गरी कुल २२८ करोड भारु कमाइ गरेको छ ।

केही वर्षदेखि आफ्नो करिअरमा फ्लप फिल्मको शृंखला झेलिरहेकका सनी देओललाई ‘गदर २’ सञ्जीवनी बुटी नै बनेको बलिउड व्यापार विश्लेषकहरुले बताएका छन् । ‘गदर २’ २०० करोड कमाउने सनीको पहिलो फिल्म समेत बनेको छ । अनिल शर्माले निर्देशन गरेको फिल्ममा अमिषा पटेल र उत्कर्ष शर्माको पनि मुख्य भूमिका छ ।

उता, शुक्रबार नै रिलिज भएको अक्षय कुमार र पंकज त्रिपाठी स्टारर ‘ओह माइ गड २’ ले पनि बक्स अफिसमा कमाइको गति निरन्तर बढाइरहेको छ । फिल्मले मंगलबार पाँचौं दिनसम्म ७३.६७ करोड भारु कमाइ गरेको छ । फिल्मले मंगलबार भारतीय स्वतन्त्रता दिवसकाका दिन १८.५० करोड कमाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

फिल्मले विद्यालयमा यौन शिक्षा दिनुपर्ने गम्भीर विषय उठाएको छ । एडल्ट सर्टिफिकेट पाएको फिल्मलाई दर्शकहरुले निकै रुचाएका छन् । फिल्मलाई समीक्षकबाट पनि सकारात्मक समीक्षा प्राप्त भएको छ । फिल्मलाई अमित रायले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?