+
+

माइतीघरमा अनशनरत आरती साहका परिवारको माग सम्बोधन गर्न मानव अधिकार आयोगको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३१ गते १७:३३

३० साउन, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले माइतीघरमा अनशनरत धनुषाकी आरती साहका परिवारका सदस्य र आरती रावलको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ ।

आयोगले बुधबार एक विज्ञप्ति जारी गरी निरन्तर अनशनका कारण उनीहरुको स्वास्थ्यमा पर्न सक्ने जोखिमप्रति संवेदनशील हुँदै संवादको माध्यमबाट समस्या गर्न र माग सम्बोधन गरी अनसनरत व्यक्तिको मानव अधिकारको रक्षा गर्न आग्रह गरेको हो ।

आरती साहको मृत्युको घटनामा दोषीलाई कारबाही गर्नुपर्ने माग राखेर करिब दुई महिनादेखि साहका आफन्तहरु माइतीघरमा अनशनमा बसेका छन् । त्यस्तै बैवाहिक बलात्कारको आरोपमा दोषीलाई प्रभावकारी कारबाहीको माग गर्दै आरती रावल अनशनमा बसेकी छन् ।

‘वर्षातको समयमा निरन्तर अनशनमा बसेका कारण अनशनरत व्यक्तिहरूको स्वास्थ्य र दैनिक खानपानमा समेत समस्या भएको अनुगमनको क्रममा पाइएको छ’, आयोगका प्रवक्ता सहसचिव टीकाराम पोखरेलले भनेका छन् ।

अनशरत पक्षहरूको माग सम्बोधनका लागि हालसम्म सरकारका निकायबाट कुनै पनि पहल नभएको पीडितहरूको गुनासो रहेकोे पनि आयोगले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?