+
+

टेलर स्वीफ्टलाई उछिन्दै अरिजित सिंह बने स्पोटीफाइमा तेस्रो धेरै पछ्याइने कलाकार

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १ गते १२:३०

काठमाडौं । हिन्दी फिल्म संगीतमा मर्मस्पर्शी स्वर कौशलले अरिजित सिंह चर्चित छन् । यतिबेला उनलाई लिएर नयाँ खबर छ । ग्लोबल आइकन टेलर स्वीफ्ट र बिली इलिसलाई पछि पार्दै उनी सांगीतिक प्लेटफर्म स्पोटीफाइमा तेस्रो सबैभन्दा धेरै पछ्याइएका कलाकार बनेका छन् ।

उनी अब आफ्नो विशाल लोकप्रियतालाई रेखांकित गर्दै उक्त म्युजिक स्ट्रिमिङ साइटमा तेस्रो सबैभन्दा धेरै पछ्याइने कलाकार बनेका छन् । यो उनका लागि एउटा महत्वपूर्ण उपलब्धि हो र यसले प्रशंसकको उत्कट समर्थनलाई पनि जनाउँछ ।

भारतको विनम्र पृष्ठभूमिका गायक सिंहको स्टारडमको यात्रा लचिलोपन र दृढ संकल्पले प्रेरित छ । अस्वीकृति र अनिश्चिततालाई पार गर्दै उनले सपनातर्फ पाइला चालेका थिए जसमा उनी सफल रहे ।

यतिबेला स्पोटीफाइमा सर्वाधिक पछ्याएका कलाकारमा एड सिरन छन् । गायिका एरिआना ग्राण्डे दोस्रो स्थानमा छिन् । यी सबैलाई तुलना गर्ने हो भने अरिजितले टेलर स्विफ्ट र बिली इलिसबाहेक एमिनेम, ड्रेक, द वीकेन्ड, रिहाना र एडेल जस्ता कलाकारलाई पनि पछि पारेका छन् ।

२५ अप्रिल १९८७ मा भारतको पश्चिम बंगालस्थित मुर्शिदाबादमा जन्मेका सिंहको सांगीतिक यात्राले उनलाई सामान्य सुरुवातदेखि भारतीय संगीत उद्योगमा सबैभन्दा चर्चित र खोजिने गायकमध्ये एक बन्न मद्दत पुर्‍यायो ।

सन् २००५ मा रियालिटी टिभी शो फेम गुरुकुलमा भाग लिएपछि उनी चर्चित भए । यो उनको सांगीतिक करिअरको सुरुवात थियो । सन् २०१३ मा रिलिज भएको फिल्म ‘आशिकी २’ को गीत ‘तुम ही हो’बाट उनले सफलता प्राप्त गरे । गीत ठूलो हिट बन्यो र उनलाई स्टारडम प्राप्तिमा सहयोग पुर्‍यायो । यसबाट उनले सर्वश्रेष्ठ पुरुष पार्श्व गायकको लागि पहिलो फिल्मफेयर पुरस्कार प्राप्त गरे ।

आगामी महिना काठमाडौंमा उनले पहिलो कन्सर्ट गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?