+
+

राष्ट्रिय क्रिकेट टिमका खेलाडीले हेरे फिल्म ‘घुमर’

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १ गते १६:२४

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुरुष तथा महिला खेलाडीले शुक्रबार बलिउड फिल्म ‘घुमर’ हेरेका छन् । बिग मुभिज हलमा आयोजित विशेष शोमा पुरुष र महिला टोलीका २०-२० जना खेलाडीले फिल्म हेरेका हुन् ।

फिल्मको नेपाल वितरक गोविन्द शाहीले खेलाडीका लागि विशेष शो आयोजना गरेका थिए । पुरुष टोलीका सोमपाल कामी, भीम सार्की, प्रतिश जिसी लगायतले फिल्म हेरे । साथै, महिला टोलीका करुणा भण्डारी, कृतिका मरासिनी, सरिता मगर लगायतले फिल्म हेरे ।

उनीहरुले दिउँसो १ बजेको शोमा फिल्म हेरेका थिए । आर बल्की निर्देशित यो फिल्म क्रिकेटको कथावस्तुमा आधारित छ । एक दुर्घटनामा दायाँ हात गुमाएकी एक पात्रलाई तालिम दिएर एक असफल र निराशावादी क्रिकेट खेलाडीले उनको भाग्य बदलिदिएको कथावस्तु वरपर फिल्म घुमेको छ ।

फिल्म रिलिजको पूर्वसन्ध्यामा अभिनेता अभिषेक बच्चनले भिडियो सन्देश जारी गर्दै नेपाली क्रिकेट टोलीलाई एसिया कपको शुभकामना दिएका थिए । फिल्म हेरिसकेपछि खेलाडीले प्रशंसा गरेका थिए । नेपाली क्रिकेट टीमका तीव्र गतिका बलर सोमपालले फिल्मले आफूलाई प्रेरणा दिएको बताए । अन्य खेलाडीले पनि फिल्मले दिएको सन्देश महत्वपूर्ण रहेको भन्दै फिल्म हेर्न आग्रह गरेका थिए ।

शुक्रबारदेखि प्रदर्शनमा आएको यो फिल्मसँगै शाहीको वितरण कम्पनी काफिया फिल्म्सले विदेशी फिल्मको वितरण थालेको छ । ‘घुमर’पछि काफिया फिल्म्सले आयुष्मान खुराना स्टारर बलिउड फिल्म ‘ड्रिमगर्ल्स २’ वितरण गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?