+
+

एसियन गेम्सका लागि कबड्डी टिमले भारतमा तयारी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १ गते १७:१०

१ भदौ,  काठमाडौं । चीनको हाङझाउमा हुने १९ औं एसियन गेम्समा सहभागी हुने नेपाली कबड्डी महिला टिमले भारतको हरियाणामा प्रशिक्षण गर्ने भएको छ ।

नेपाली टिमले त्यहाँ रहँदा एक महिनाको विशेष प्रशिक्षणमा सहभागी हुनेछ ।

यसक्रममा टिमले सात अभ्यास खेल पनि खेल्नेछ । प्रशिक्षण त्यहाँको गुरुकुल एकेडेमीमा सञ्चालन हुनेछ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले शुक्रबार आयोजित विशेष कार्यक्रमबीच टिमलाई बिदाइ गरे ।

एसियन गेम्समा नेपालबाट कबड्डीको महिला विधामा आफ्नो चुनौती पेस गर्नेछ । ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले यस विशेष प्रशिक्षणले नेपाली टिमको तयारीमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपाली टिममा सहभागी खेलाडीमा कप्तान मेनुकाकुमारी राजवंशी, मनमति विष्ट, अन्जुकुलुङ राई, नीतु गुरुङ, रविना चौधरी, सुनिता थापा, सिर्जनाकुमारी थारु, जयन्ती बदु, अर्पण चौधरी, गंगा घिमिरे, इशा राई र कलावती पन्त छन् ।

यस्तै टिमको मुख्य प्रशिक्षकमा पार्वती राई, प्रशिक्षकमा विष्णुदत्त भट्ट र व्यवस्थापकमा कृष्णदेवी पन्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?