+
+

ब्याडमिन्टन एशिया क्षेत्रीय प्रतियोगिता सुरु, पहिलो दिन नेपाललाई दोहोरो सफलता

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १ गते १७:३२

१ भदौ, काठमाडौं । ब्याडमिन्टन एसियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको व्यवस्थापनमा ब्याडमिन्टन एसिया (दक्षिण एसिया) क्षेत्रीय जुनियर च्याम्पियनसिप काठमाडौंमा सुरु भएको छ ।

प्रतियोगिताको पहिलो दिन नै नेपालले मिक्स टिम इभेन्टस्मा दोहोरो जित निकालेको हो ।

नेपाल सहित श्रीलङका, पाकिस्तान, मालदिभ्स, भुटान र बंगलादेश सम्मिलित च्याम्पियनसिपको पहिलो दिन अहिले सम्मको नतिजामा नेपालले यू–१५ तर्फ र यू–१७ दुवैतर्फ जित हात पारेको छ ।

यू–१५ र यू–१७ दुवै तर्फ नेपालले वेष्ट अफ फाइभको प्रतिस्पर्धामा मालदिभ्स माथि ५–० को जित निकालेको हो ।

लिगको आधारमा खेलाइएको प्रतियोगितामा यू–१५ तर्फ नेपालका खेलाडी सुविन श्रेष्ठ र रिहाना शेरचनको जोडीले मालदिभ्सका फरुजन अहमद फलाह र हुसैन जुरी याल्भीको जोडीलाई २१–११, २१–६ ले, रिहाना शेरचनले अदिल मोहम्मद कियानलाई २१–९, २१–६ले, सुविन श्रेष्ठले फरुजनलाई २१–७, २१–८, दिलाशा राना र रिहाना शेरचनको जोडीले अदिल मोहम्मद र हुसैन जुरीको जोडीलाई २१–८, २१–१० र सौर्य महर्जन र सुविन श्रेष्ठको जोडीले फरुजन र अहमद मम्दु इयानलाई २१–३, २१–८ ले पराजित गरे ।

त्यस्तै, यू–१७ तर्फ कविर के.सी. र रोजी राईको जोडीले अजहर मोहम्मद आयुब र ऐस्था जोया हुसैनको जोडीलाई २१–१, २१–४, रोजी राईले ऐस्थालाई २१–१०, २१–८, कविर के.सी.ले अजहरलाई २१–७, २१–१०, अन्जिल लिम्बु र रोजी राईको जोडीले ऐस्था र मोहम्मद शरिफ सैयवको जोडीलाई २०–२२, २१–१८, २१–१० र कविर के.सी. र अभय महराको जोडीले अजहर र युसुफ मुनाधी माथलुवको जोडीलाई २१–१५, २१–१५ ले पराजित गरे ।

अन्य खेलमा बंगलादेशले १५ तर्फको खेलमा भुटानलाई ५–० र १७ तर्फ मालदिभ्सलाई ५–० ले पराजित गर्‍यो । श्रीलङकाले यू–१५ तर्फ मालदिभ्सलाई ५–० ले नै पराजित गर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?