+
+

ब्याडमिन्टन एसियाको जुनियर च्याम्पियनसिपमा नेपाल र श्रीलंका फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २ गते १९:४७

२ भदौ, काठमाडौं । ब्याडमिन्टन एशिया (दक्षिण एसिया) क्षेत्रीय जुनियर च्याम्पियनसिप २०२३ अन्तर्गत यू-१५ मिक्स टिम इभेन्ट्समा नेपाल र श्रीलंका फाइनलमा पुगेका छन् ।

हलचोकस्थित एपीएफको कभर्डहलमा भएको खेलमा यू-१५ तर्फ नेपालले बंगलादेशलाई ३–२ ले पराजित गर्दै  फाईनलमा स्थान पक्का गरेको हो । पहिलो सेटमा बंगलादेशका मोस्तकिम होसेनले नेपालका सुविन श्रेष्ठलाई २१–७, २१–१० ले पराजित गरे ।

दोश्रो सेटमा नेपालकी रिहाना शेरचनले बंगलादेशकी अफिफा खान अरिनलाई २१–१६, २१–१५ ले पराजित गर्दै खेललाई १–१ को बराबरीमा ल्याइन् ।

यस्तै तेस्रो सेटमा मोस्तकिम होसेन र वाली उल्लाहको जोडीले सूर्य महर्जन र सुविन श्रेष्ठको जोडीलाई २१–११, २१–११ ले पराजित गर्दै खेललाई  बंगलादेशले २–१ को अवस्थामा पुर्‍याए ।

त्यसपछि नेपालका दिलाशा राना र रिहाना शेरचनको जोडीले अफिफा खान अरिन र तान्जिला महमुदको जोडीलाई २१–१६, २२–२० ले पराजित गर्दै खेललाई २–२ को बराबरीमा ल्याए ।
अन्तिम तथा निर्णायक खेलमा नेपालका सुविन श्रेष्ठ र रिहाना शेरचनको जोडीले बंगलादेशका मोस्तकिम होसेन र तान्जिला महमुदको जोडीलाई २१–१५, २०–२२, २१–१३ ले पराजित गर्दै नेपालले खेल जितेर फाइनलमा स्थान बनाए ।

अब नेपालले उपाधिका लागि श्रीलंकासँग आइतबार खेल्नेछ । श्रीलंकाले अर्को खेलमा भुटानलाई ३–० ले हराएर फाइनलमा स्थान पक्का गरेको हो । श्रीलङ्काका केनेथ अरुग्गोडाले भुटानका पेमा तेन्जिनलाई २१–६, २१–७ ले, सिथुली रनसिंघेले याङ्गचेन डोलकरलाई २१–८, २१–८ ले र केनेथ अरुग्गोडा र सेनुथ सेथमिथा पेरेराले पेमा तेन्जिन र सोनाम फुन्छो छेतेनलाई २१–९, २१–११ ले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् ।

यू-१७ मा भने नपाल फाइनल पुग्न असफल भयो । घरेलु टोली नेपाललाई ३–० ले पराजित गर्दै श्रीलंका यू१७ मा  फाईनल प्रवेश गरेको हो ।

श्रीलङ्काका थिदासा वेरागोडाले नेपालका कविर केसीलाई २१–१७, १५–२१, २३–२१, रनिथमा लियानागेले रोजी राईलाई २१–५, २१–३ र हिरुका अलुथ पाटबेन्डिगे र थिदासा वेरागोडाको जोडीले कविर केसी र अभय महराको जोडीलाई २१–१८, २१–१७ ले पराजित गर्दै फाईनलमा स्थान पक्का गरेका हुन् ।

यस्तै अर्को खेलमा बंगलादेशले पनि भुटानलाई ३–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

बंगलादेशका एसएसएम सिफात उल्लाहले भुटानका ङवाङ्ग रिग्सेल जर्मीलाई २१–१२, २१–७, सिनथिन खानोम प्रियुन्तीले कृति गुरुङलाई २१–१८, २१–५ र राजोन मिया र एसएसएम सिफात उल्लाहको जोडीले अभिक बलाम्पाकी र नवाङ्ग रिग्सेल जर्मी जोडीलाई २१–५, २१–१० ले पराजित गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?