+
+

सिनेमा हलले अब मासिक भ्याट विवरण पेश गर्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३ गते १४:३२

काठमाडौं । सरकारले फिल्मको कमाइप्रति निगरानी कसिलो बनाएको छ । आन्तरिक राजस्व विभागको निर्णयअनुसार अबदेखि एक करोड रुपैयाँभन्दा माथिको कारोबार गर्ने सिनेमा हलले मासिक रुपमा भ्याट विवरण पेश गर्नुपर्ने भएको छ ।

यो प्रावधान यसै आर्थिक वर्ष २०८०-८१ देखि लागू भएको समेत विभागले जनाएको छ । यसअघि चौमासिक रुपमा विवरण बुझाउनुपर्ने व्यवस्था थियो । सोही कारण अब एक करोड रुपैयाँ भन्दा बढीको कारोबार भएका करदाताले अब मासिक रुपमा विवरण कर कार्यालयमा बुझाउनुपर्ने भएको छ ।

चलचित्र विकास बोर्डले लगातार फिल्मको कमाइ सार्वजनिक गरिरहेको पृष्ठभूमिमा आन्तरिक राजस्व विभागले फिल्मप्रति कसिलो कर प्रावधान ल्याएको हो । पछिल्लो समय अधिकांश स्वदेशी र विदेशी फिल्मको कमाइ करोडभन्दा माथिको अंकमा हुन थालेको छ । यससँगै मल्टिप्लेक्स हल सञ्चालनमा पनि करोडौं लगानी हुन थालेको छ ।

अर्कोतर्फ, यतिबेला सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले संस्कृति, व्यापार, पर्यटन, सामाजिक र बाह्य नीतिगत पक्ष समेट्दै फिल्म नीति निर्माण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?