+
+

प्रधानन्यायाधीश श्रेष्ठको पहिलो निर्णय : स्वचालित प्रणालीबाट तारिख

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० भदौ ५ गते १९:०७

५ भदौ, काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पदबहाल गरेलगत्तै स्वचालित प्रणालीबाट पेशी तथा तारिख व्यवस्थापन गर्ने निर्णय गरेका छन् ।

मंगलबार शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएपछि उनी सर्वोच्च अदालत पुगेर पदबहाल गरेका थिए । पदबहाल लगत्तै उनले स्वचालित प्रणालीबाट तारिख व्यवस्थापन गर्ने निर्णय गरेका हुन् ।

‘मुद्दाका पक्षहरुले कहिले तारिख लिने भन्ने बारेमा यसअघि कर्मचारीहरुले नै निर्णय गर्ने व्यवस्था थियो’ सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले भने, ‘अब स्वचालित प्रणालीले नै तारिख तोक्नेछ । मुद्दाको प्रकृति, सम्बन्धित दिनमा मुद्दाको चाप, मुद्दाको पालो आउने बार लगायतका आधारमा स्वचालित प्रणालीले आफैं तारिखको दिन तोक्नेछ ।’

मुद्दाको तारिख दिने क्रममा कतिपय सेवाग्राहीले गुनासो र शंका गर्थे । स्वचालित प्रणाली सुरू गरेपछि त्यो पनि कम हुने अपेक्षा रहेको प्रवक्ता पौडेलले बताए ।

गोला प्रक्रियाबाट इजलास चयन र मुद्दा तोक्ने पद्धति भने यथावत् रहेको उनले बताए । सर्वोच्च अदालतले सफ्टवेयरबाट मुद्दा व्यवस्थापन गर्दै आएको छ ।

हेर्नुहोस् थप तस्वीरहरू: 

      

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?