+
+

नेपालमा पहिलो पल्ट हुने एसियाली शारीरिक सुगठन प्रतियोगितामा २५ देशले भाग लिने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ६ गते १६:५७

६ भदौ, काठमाडौं । नेपालमा पहिलो पटक एसियाली स्तरको शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस प्रतियोगिता हुने भएको छ ।

एसियाली शारीरिक सुगठन तथा फिटनेसको कार्यक्रम अन्तर्गत नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघले ५५औं एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स प्रतियोगिता आयोजना गर्न लागेको हो ।

पहिलो पटक नेपालमा हुन लागेको एसियाली शारीरिक सुगठन प्रतियोगिता भदौ १५ देखि २१ गतेसम्म काठमाडौंमा आयोजना हुने बुधबार महासंघले पत्रकार सम्मेलन गर्दै आधिकारिक जानकारी गराएको हो ।

महासंघका अध्यक्ष राजेशबाबु श्रेष्ठले शारीरिक सुगठनका दुई संघ एकै भएर महासंघ बनेपछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न लागेको बताए ।

‘यो हाम्रो शारीरिक सुगठनका लागि ऐतिहासिक प्रतियोगिता हुनेछ । हामी महासंघ बनेपछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता नै एसियन लेभलको गर्दैछौं,’ श्रेष्ठले भने ।

प्रतियोगितामा एसियाका २५ राष्ट्रका खेलाडीहरु सहभागी हुने पक्का भइसकेको उनले जानकारी गराए । जहाँ महिला र पुरुषको गरी विभिन्न ४५ विभामा प्रतिस्पर्धा हुनेछ ।

जसमा पुरुषतर्फ २८ र महिलातर्फ १६ विधा समावेश रहेको र एक मिक्स प्रतियोगिता समेत हुने अध्यक्ष श्रेष्ठले बताए । पुरुष शारीरिक सुगठनतर्फ विभिन्न १० तौल समावेश गरिएको छ ।

जसको समूहगत विजेताबीच प्रतिस्पर्धा गराइने र त्यसको विजेता मिस्टर एसिया घोषित हुने संघले जनाएको छ ।

प्रतियोगितामा शारीरिक सुगठनसहित जुनियर शारीरिक सुगठन, महिला शारीरिक सुगठन, मास्टर शारीरिक सुगठन, पुरुष एथ्लेटिक पिजिक्स, पुरुष स्पोर्ट्स फिजिक्स, पुरुष फिटनेस फिजिक्स, महिला फिटनेस फिजिक्स, महिला स्विमसुट, पुरुष तथा महिला जुनियर फिटनेस फिजिक्स, मिक्स लगायतमा प्रतिस्पर्धा हुनेछ ।

नेपालबाट ४२ खेलाडी सहभागी हुने प्रतियोगितामा नेपालबाट विभिन्न इभेन्टमा गरी ४२ खेलाडी सहभागि हुने महासंघका सचिव दिनेश राजभण्डारीले जानकारी दिए ।

‘सुरुमा ४३ खेलाडी खेल्ने तय थियो तर एक जनाको पारिवारिक कारणले नखेल्ने भएको छ,’ उनले भने ।

नेपाली खेलाडीले प्रतियोगितामा समावेश कूल ४५ मध्ये २६ इभेन्टमा मात्र भाग लिनेछन् । १९ इभेन्टमा भने नेपाली खेलाडी सहभागी हुने छैनन् ।

‘नेपालले पहिलो पटक यति ठूलो इभेन्ट आयोजना गर्दैछ । जसमा हामीले सबै इभेन्टमा खेलाडी सहभागी गराउन अझै सकेका छैनौं, अन्तर्राष्ट्रियस्तरमा सबै इभेन्टमा प्रतिस्पर्धा गर्न हामीलाई अझै समय लाग्छ’, सचिव दिनेश राजभण्डारीले भने ।

प्रतियोगिताका लागि गत असारमा भएको आठौं मिस्टर हिमालयन र त्यसबाहेक अन्तर्राष्ट्रिय स्तरमा सहभागी भएका खेलाडीलाई समेत आधार बनाएर खेलाडी छनोट गरिएको महासंघले जनाएको छ ।

‘मिस्टर हिमालयमा १५ इभेन्ट मात्र समावेश थियो । त्यसकै आधारमा हामीले खेलाडीहरु छनोट गरेका छौं र हामीले २६ इभेन्टमा प्रतिस्पर्धा गर्नेछौं,’ राजभण्डारीले भने ।

नेपालबाट ८ जना महिला खेलाडी सहभागि हुने र २ जना महिला शारीरिक सुगठनमा प्रतिस्पर्धा गर्ने उनले जानकारी दिए । पहिलो पटक नेपालका एसियाली शारीरिक सुगठनको आयोजना हुने भएपछि महासंघ र खेलाडी सबै उत्साहित छन् ।

धेरै इभेन्ट समावेश हुँदा नेपालले पनि पदक जित्ने लक्ष्य राखेको छ । त्यसमा पनि सकेसम्म स्वर्ण पदक नै जित्ने लक्ष्य रहेको महासंघका अध्यक्ष राजेशबाबु श्रेष्ठले बताए ।

‘हामीले धेरै पदकको आशा राखेका छौं र स्वर्णको पनि अपेक्षा गरेका छौं’, उनले भने ।

पुरुष शारीरिक सुगठनको १० इभेन्ट मध्ये नेपालले ७ इभेन्टमा प्रतिस्पर्धा गर्नेछ ।

यसअघि नेपालले एसियाली शारीरिक सुगठनमा महेश्वर महर्जनले स्वर्ण पदक जितेका थिए ।

प्रतियोगिताको लागि कूल ३ करोड ६२ लाख बजेट लाग्ने महासंघका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताकै समयमा एशियाली शारीरिक सुगठनतथा फिजिक्स स्पवर्ट्स पेडेरेसनको वार्षिक कंग्रेस तथा निर्वाचन समेत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?