+
+

इटाली पठाइदिन्छु भन्‍दै ठगी गरेको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ६ गते १६:२५

६ भदौ,  काठमाडौं ।  इटाली पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कालीकोटको तिलागुफा नगरपालिका-३ घर भइ हाल काठमाडौको कीर्तिपुर-५ बस्‍ने ५२ वर्षीय विष्णु रिषी पाण्डेलाई मंगलबार पक्राउ गरेको हो ।

वैदेशिक रोजगारका लागि इटाली पठाइदिन्छु भन्‍दै पटक-पटक गरी एक व्यक्तिसँवग ४ लाख २५ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

पक्राउ गरेपछि उनलाई अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?