+
+

मुख्यमन्त्री थापाको विश्वासको मतसम्बन्धी रिट न्यायाधीश खतिवडाको इजलासमा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ७ गते १०:५०

७ भदौ, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्रीको विश्वासको मतविरुद्धको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको छ ।

पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले बुधबार उद्दव थापालाई पदबाट बर्खास्त गरेर आफूलाई मुख्यमन्त्री बनाउन आदेश जारी गर्नुपर्ने मागसहित रिट निवेदन दर्ता गराएका थिए ।

सभामुख सरहको हैसियत हुने सभाका अध्यक्षले मत बराबर रहेको अवस्थामा मात्रै कुनै प्रस्तावमा मत व्यक्त गर्नुपर्नेमा त्यो अवस्था नभई मत व्यक्त गर्ने काम असंवैधानिक भएको दाबी गरेका छन् ।

न्यायाधीश खतिवडाको इजलासले कार्कीको निवेदनमाथि प्रारम्भिक सुनुवाई गरी अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे आदेश दिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?