+
+
Shares

बिहीबारदेखि कोशीमा लगानी सम्मेलन, २ दर्जन परियोजना सम्झौता हुने अपेक्षा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १७ गते ९:५६

१७ वैशाख, विराटनगर ।  कोशी प्रदेश सरकारले बिहीबार र शुक्रबार आयोजना गर्ने प्रदेश लगानी सम्मेलनमा दुई दर्जन बढी परियोजना अघि बढाउनका लागि सम्झौता गर्ने बताएको छ ।

पहिलो लगानी सम्मेलनमा ७१ वटा परियोजना राखिदैछ । तीमध्ये दुई दर्जन परियोजना अघि बढाउनका लागि सम्झौता हुने प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डाक्टर सरोज कोइरालले बताए ।

बुधबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणले सम्पूर्ण तयारी पूरा भएको बताएको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

लगानी सम्मेलनमा एक खर्ब ७३ अर्ब ४९ करोड बराबरका  ७१ वटा परियोजनाहरू सोकेसिङ गर्ने तयारी छ । पर्यटन, कृषि, उद्योग, उर्जा, पुर्वाधार, आई.टी. सेवा लगायत आठवटा क्षेत्रका परियोजनाहरू सोकेसिङ गरिनेछ ।

सम्मेलन अघि निजी क्षेत्रको सहजताका लागि मंगलबार आठवटा कानुन अध्यादेशमार्फत संशोधन गरेको थियो । ऐन संशोधन भएपछि लगानी गर्दा आइपर्ने सम्पूर्ण झन्झटहरू अन्त्य हुने कोइरालाले बताए ।

लगानी सम्मेलनमा चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारतलगायतका देशका लगानीकर्ता र गैरआवासीय नेपालीहरूको सहभागिता हुनेछ । स्वदेशका उद्योगपतिहरू पनि यो लगानी सम्मेलनमा सहभागी हुनेछन् ।

लगानी सम्मेलनमा विभिन्न छ वटा विषयगत छलफल सञ्चालन हुनेछन् । कृषि र पर्यटनमा कोशी प्रदेशको सम्भावना, औद्योगिक उत्पादन र बजारीकरण, पूर्वाधार विकास र ऊर्जा, स्वास्थ्य सेवा र मेडिकल शिक्षामा लगानीका अवसर र सम्भावना विषयक विषयगत छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?