News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेश सरकारका प्रवक्ताले केन्द्रीय सरकारलाई विधिको शासन स्थापित गर्न आग्रह गर्नुभएको छ।
- नयाँ सरकारले एमाले अध्यक्ष ओली र कांग्रेसका नेता लेखक र खड्कालाई पक्राउ गरेको छ।
- आन्तरिक मामिला मन्त्री पराजुलीले निषेधको राजनीति अन्त्य गरी विधिद्वारा शासन गर्नुपर्ने बताउनुभयो।
१६ फागुन, विराटनगर । नवगठित सरकारले पुराना दलका नेतामाथि धरपकड सुरु गरेपछि कोशी प्रदेश सरकारका प्रवक्ताले केन्द्रीय सरकारलाई विधिको शासन स्थापित गर्न आग्रह गरेका छन् ।
बालेन शाह नेतृत्वको सरकारले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस तथा तथा पूर्वमन्त्री रमेश लेखक र दीपक खड्कालाई पक्राउ गरेको छ ।
नयाँ सरकारले पुराना नेतामाथि धरपकड सुरु गरेपछि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले मुलुकमा विधिको शासन स्थापित हुनुपर्ने र निषेधको राजनीति अन्त्य हुनुपर्ने बताएका हुन् ।
पत्रकार महासंघ मोरङले आयोजना गरेको षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार हस्तान्त्रण समारोहलाई सम्बोधन गर्दै उनले लामो संघर्ष र बलिदानबाट प्राप्त वर्तमान राजनीतिक व्यवस्थामाथि कुनै पनि प्रकारको संकट आउन दिन नहुने पनि बताए ।
‘हामी चाहन्छौँ मुलुकमा अहिलेसम्मका द्वन्द्वहरूको अन्त्य होस्, नयाँ खालका द्वन्द्वहरू सिर्जना नहुन् र विधिको शासन स्थापित होस्,’ उनले भने, ‘तर पछिल्ला घटनाक्रमहरूले मुलुकलाई एउटा सही दिशातिर लाने कुरामा कतै शंका त छैन भन्ने खालका संशयहरू पैदा भएका छन् । फेरि मुलुकमा निषेधको राजनीति, द्वन्द्वको राजनीति सुरु हुन लागेको हो कि भन्ने आशंका पैदा भएको छ।’
उनले आग्रह पूर्वाग्रहका आधारमा काम गर्न नहुने पनि बताए । ‘कोही मान्छेलाई छनोट गरेर आग्रह–पूर्वाग्रहको आधारमा कारबाहीको विषय बनाउने होइन,’ उनले भने, ‘एउटा विधिद्वारा, हामीले बनाएको कानुनद्वारा, हामीले बनाएको प्रणालीद्वारा नियमन गर्ने एउटा संस्थागत विकास गर्ने, एउटा पद्धतिको विकास गरोस्, जसले यो मुलुकको द्वन्द्वलाई अन्त्य गर्छ र मुलुकलाई हामीले चाहेजस्तै अगाडि बढाउन मद्दत गर्छ ।’
मन्त्री पराजुलीले वर्तमान सरकार दुई तिहाइ नजिकको जनादेशसहित बनेको उल्लेख गर्दै यसले लोकतन्त्र, गणतन्त्र र संघीयतालाई संस्थागत गर्नुपर्ने बताए ।
मन्त्री पराजुलीले याे वर्षकाे षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार धनकुटाका पत्रकार हरिबहादुर लम्जेललाई हस्तान्त्रण गरे । पुरास्कारकाे राशी २५ हजार रुपैयाँ छ ।
प्रतिक्रिया 4