
२४ वैशाख, विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश सभाको बजेट अधिवेशन जेठ ४ गतेबाट आह्वान गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सभाको सातौँ तथा बजेट अधिवेशन जेठ ४ गते दिउँसो २ बजे आह्वान गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयका आधारमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने संवैधानिक प्रावधान छ ।
मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष प्रदेश सभा बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले जानकारी दिए ।
कोशी गाउँपालिका सुनसरीको केन्द्र हेरफेर गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ । कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका– २०८२ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4