+
+

सावित्रा सम्मिलित टोली सेमिफाइनलमा पराजित

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ८ गते ११:४९

७ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी सदस्य सावित्रा भण्डारी सम्मिलित हापोएल रानाना इजरायलमा जारी एथेना कपको सेमिफाइनलमा पराजित भएको छ ।

बिहीबार राति भएको सेमिफाइनल खेलमा हापोएल त्यहाँको लिग च्याम्पियन टोली किर्यात गातसँग ३-० ले पराजित हुँदै बाहिरिएको हो ।

युइएफए महिला च्याम्पियन्स लिग २०२३-२४ को छनोट खेल्ने तयारीमा रहेको किर्यात विरुद्ध हाफोएल रानानाले अघिल्लो खेलमा भन्दा सुधारिएको प्रदर्शन गरेपनि गोल गर्न सकेन ।
किर्यातले अर्को महिला च्याम्पियन्स लिग छनोटमा हंगेरियन क्लब फेरेनसिभारोससँग खेल्दैछ ।

सावित्राले हापोएन रानानाका लागि डेब्यु खेलमा एक गोल र एक असिस्ट गरे पनि त्यसयता दुई खेलमा उनले गोल गर्न सकेकी छैनन् ।

आफ्नो समूहमा उपविजेता बन्दै हापोएल रानाना सेमिफाइन पुगेको थियो । हापोएल रानानालाई समूह चरणमा ६-० ले पराजित गरेको टोली हापोएल जेरुसलम पनि फाइनल पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?