+
+

सद्‍भाव र एकता कायम राख्न धरानबासीलाई मेयर सम्पाङको अपिल

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ८ गते १६:०२

८ भदौ, धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले आपसी सद्‍भाव र एकता कामय राख्न नगरबासीलाई अपिल गरेका छन् ।

मेयर सम्पाङले शुक्रबार वक्तव्य जारी गर्दै केही दिनदेखि भइरहेको धार्मिक तथा सामाजिक विवादले धरानलाई संवेदनशील बनाएको बताएका छन् ।

उनले अघि भनेका छन्, ‘सबैले संयमित र संवेदनशील भएर सबै पक्ष, समुदाय र हरेक नागरिकको भावना प्रतिबिम्बित हुने गरी आपसी सद्‍भाव, भाइचारा र एकताक कायम गर्न सम्पूर्ण आम धरानबासीलाई हार्दिक अपील गर्दछु ।’

यसअघि बिहीबार पूर्व मेयरहरुले पनि वक्तव्य जारी गर्दै सद्‍भाव कायम राख्न आग्रह गरेका थिए ।

हेर्नुहोस् मेयरको अपिल :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?