+
+

पारस भन्छन् : क्रिकेटको संरचना परिवर्तन गर्न व्यवस्थापनमा आउन चाहेँ

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ८ गते १८:३१

८ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघको बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पूर्वकप्तान पारस खड्काले संरचना परिवर्तन गर्नका लागि आफूले व्यवस्थापनमा आउन चाहेको बताएका छन् ।

काठमाडौं, ललितपुर, भक्तपुर र मकवानपुर जिल्ला संघका अध्यक्षहरुलाई दायाँ बायाँ राखेर पत्रकार सम्मेलन गरेका उनले क्रिकेट विकासका लागि आफूले संघमा आउन चाहेको स्पष्ट पारे ।

उनले भने, ‘चुनाव जित्न मात्रै आएको होइन । क्रिकेटको संरचना परिवर्तन गर्नु जरुरी छ, त्यसैले आएको हो ।’

क्रिकेट संघमा आउन चाहँदा निकै सकरात्मक प्रतिक्रिया पाएपछि प्यानल बनाएरै अध्यक्षमा उम्मेदवारी घोषणा गरेको उनले बताए । उनलाई बाग्मती प्रदेशमा संघ रहेका ६ मध्ये चार जिल्लाले समर्थन गरेका छन् ।

उनले नुवाकोट र चितवन जिल्लासँग समन्वय गर्न खोजे पनि ती २ जिल्लासँग समन्वय हुन नसकेको बताए । ‘बागमतीका ६ जिल्लाका अध्यक्षसँग समन्वय गर्न खोजेको हो,’ उनले भने, ‘तर चितवन र नुवाकोट जिल्लाबाट प्रतिक्रिया नपाएपछि हामीले चार जिल्लाको समर्थनमा उम्मेदवारी घोषणा गरेको हो ।’

उनले पत्रकार सम्मेलनमा अघि भने, ‘क्रिकेटको साँच्चै विकास गर्न चाहनुहुन्छ भने चितवन र मकवानपुरका अध्यक्षज्युहरुलाई पनि मिलेर अघि बढ्न आग्रह गर्न चाहन्छु ।’

केन्द्रको चुनावका बारेमा पत्रकारले सोधेको प्रश्नमा उनले क्यानको पदाधिकारी भएर काम गर्न सबैतिरबाट सुझाव आएको बताए ।

तर अहिले आफ्नो अहिलेको प्राथमिकता बागमती प्रदेशको अध्यक्ष रहेको भन्दै पारसले बागमतीको चुनावपछि बाँकी ६ प्रदेशसँग छलफल गरेर अघि बढ्ने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?