+
+

विश्वकप एसिया क्षेत्र छनोटको तयारी स्वरुप नेपालले थाइल्यान्डसँग खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १० गते १२:२४

१० भदौ, काठमाडौं । मलेसियामा हुन लागेको आईसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोट अगाडि नेपालले सोमबार थाइल्यान्डसँग अभ्यास खेल खेल्ने भएको छ ।

३१ अगष्टबाट मलेसियामा सुरु हुने क्वालिफार्यस अगाडी नेपालले शनिबार चार देश सम्मिलित सिरिजमा उपाधि जितेको छ ।

नेपाली टिमले हाल तयारी स्वरुप टिममा रहेका खेलाडी कुन खेलाडी कुन ठाउँमा फिट हुन्छन् भन्ने परिक्षण चलिरहेको प्रशिक्षक सामसन जंग थापाले बताए ।

‘हामीले चारदेशीय सिरिजको उपाधि जित्यौं पुन तयारी स्वरुप हामी २८ तारिख थाइल्यान्डसँग खेल्दैछौं’, मलेसियामा रहेका प्रशिक्षक थापाले अनलाइनखबरलाई भने ।

नेपालको टोली

रुबिना क्षेत्री(कप्तान), सीता राना मगर, इन्दु बर्मा, काजोल श्रेष्ठ, बिन्दु रावल, पुजा महतो, अस्मिना कर्मचार्य, खुसी ढंगोल,इश्वरी विष्ट, सम्झना खड्का , अप्सरी बेगम, कविता कुँवर, कविता जोशी र रुवी पोदार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?