+
+

पदक विजेता मार्सल आर्ट्स टोली सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १० गते १८:४६

१० भदौ, काठमाडौं । जर्मनीमा आयोजित अन्तर्राष्ट्रिय मार्सल आर्ट च्याम्पियनसिपमा सहभागी नेपाली टिम स्वदेश फर्केको  छ ।

अगस्ट ४ देखि २४ गतेसम्म भएको उक्त प्रतियोगिताका साथै समर क्याम्पमा नेपालबाट सहभागी भएर पदक जितेका खेलाडीलाई स्वदेश फर्किए लगत्तै सम्मान पनि गरिएको छ ।

कीर्तिपुर नगरपालिका र जर्मनीको लुविज नगरपालिकाको सहकार्य र मार्सल आर्ट अर्गनाइजेसन नेपालको सहयोगमा उक्त टिम जर्मनी गएको थियो । पदक विजेता खेलाडी, प्रशिक्षक तथा टिम व्यवस्थापकलाई कीर्तिपुर नगरपालिकाले एक कार्यक्रम गरि सम्मान गरेको हो ।

प्रतियोगिताको पुरुष ३० केजीमा इभान महर्जनले स्वर्ण, ४० केजीमा एन्जेस महर्जनले रजत र ५० केजीमा प्रतिक श्रेष्ठले कांस्य जितेको प्रशिक्षक राजिव महर्जनले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?