+

एसिया कपलाई स्मरणीय बनाऔं : कप्तान रोहित

२०८० भदौ  ११ गते १५:३५ २०८० भदौ ११ गते १५:३५
एसिया कपलाई स्मरणीय बनाऔं : कप्तान रोहित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले एसिया कपका खेलहरूलाई स्मरणीय बनाउन आग्रह गरेका छन् ।

पहिलो पटक एसिया कपमा पुगेको नेपालले विश्वकप जितिसकेको दुई पावरहाउस भारत र पाकिस्तानसँग खेल्नेछ । बुधबार घरेलु टोली पाकिस्तानसँग उद्घाटन खेल खेल्न नेपाली टोली मुल्तान पुगिसकेको छ ।

पाकिस्तानसँग खेल्नु दुई दिनअघि सामाजिक सञ्जालमार्फत सन्देश दिँदै कप्तान रोहितले सपनाहरूलाई पछ्याउँदै चुनौती सामना गर्न निस्किएको बताएका छन् । उनले अघि लेखेका छन्, ‘ब्याटको प्रत्येक स्ट्रोक, प्रत्येक क्याच र मैदानमा प्रत्येक क्षण हाम्रो लक्ष्यको एक कदम नजिक हुनेछ ।’

समर्पण, टोली भावना र समर्थनको अटल साथ  बोकेर अघि बढ्ने भन्दै उनले भनेका छन्,  ‘यो खेललाई स्मरणीय यात्रा बनाऔं !’

पाकिस्तान अहिले  पहिलो पटक ओडीआईमा विश्वकै पहिलो वरियताको टिम हो । अफगानिस्तान विरुद्धको तीन खेलको सिरिज क्लिन स्वीप गर्दै पाकिस्तान विश्व वरियताको शीर्ष स्थानमा उक्लिएको थियो  ।

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा पुगेको नेपालले समूहको दोस्रो खेल भारतसँग सेप्टेम्बर ४ मा श्रीलंकाको क्यान्डीमा खेल्नेछ । विश्व क्रिकेटका बलिया भारत र पाकिस्तानसँग खेल्ने अवसर नेपालका लागि हारजितभन्दा ठूलो अवसर हो ।

रोहितकुमार पौडेल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय