+
+

सुनकाण्डको विषयमा संसदीय समितिमा छलफल गर्छु : रामहरि खतिवडा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ११ गते १६:१७

११ भदौ, काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सुन तस्करी प्रकरणलगायतका सबै विषयमा समितिमा छलफल गर्ने बताएका छन् । उनले समितिमा पक्ष विपक्ष र बहुमत अल्ममत नहेरी सबैको सल्लाहबाट निर्णय गर्ने पनि बताए ।

‘यो समिति सरकारविरोधी पनि हुँदैन र सरकार पक्षको पनि हुँदैन । समिति समितिका रुपमा अगाडि बढ्छ । सुनकाण्ड लगायतका सबै विषयमा छलफल हुन्छ । आजै प्रधानमन्त्री, गृहमन्त्रीलाई बोलाउने कुरा त कहाँ हुन्छ ? यस विषयमा मेरो भूमिका सकारात्मक हुन्छ’ उनले भने ।

समितिको कार्यक्षेत्रमा सुरक्षा निकायहरु रहेकाले संवेदनशील भएर काम गर्नुपर्ने खतिवडाले बताए । ‘वास्तवमा यो समिति देशका लागि आवश्यक र महत्वपूर्ण समिति रहेछ भनेर काम गर्नसक्यौ भने हाम्रो सार्थकता त्यहाँ पूरा हुनेछ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?