+
+

स्टार्टअपलाई परिभाषित गर्न तत्काल स्टार्टअप नीति ल्याउन आवश्यक : ढकाल

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ११ गते १८:०३

११ भदौ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्टार्टअपको परिभाषा नहुँदा सरकारले ल्याएका प्रवर्द्धन नीतिहरु कार्यान्वयनमा आउन नसकेको बताएका छन् ।

सोमबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको स्टार्टअप राष्ट्र २०३० सम्मेलनमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

अध्यक्ष ढकालले सरकारले स्टार्टअप नीति तत्काल ल्याएर स्टार्टअपको परिभाषा गर्न आवश्यक रहेको बताए । उनले स्टार्टअप उद्यमको परिभाषा र स्पष्ट नीति नहुँदा स्टार्टअप प्रवर्द्धन कार्यक्रमहरु समेत कार्यान्वयन आउन नसकेको उल्लेख गरे ।

अध्यक्ष ढकालले सरकारले स्टार्टअप सम्बन्धी स्पष्ट नीति बनाउन नसक्दा स्टार्टअपलाई परिभाषित गर्न नसकिएको बताए । सरकारले स्पष्ट स्टार्टअप नीति बनाएर कोभिड महामारीका कारण जोखिममा परेका स्टार्टअपलाई प्रवर्द्धन गर्नुपर्ने आवश्यकता रहेको धारणा उनको थियो ।

उनले सरकारले स्टार्टअप नीति ल्याएर नवप्रवर्तनकारी युवाहरुलाई सहयोग प्रदान गर्नु आजको आवश्यकता रहेको उनको भनाइ थियो । ‘स्टार्टअप स्थापना पछिको निरन्तरताका लागि आवश्यक पूँजी, उचित मार्गदर्शन र बलियो साझेदारी जरुरी हुन्छ,’ अध्यक्ष ढकालले भने, ‘स्टार्टअप नीतिको तर्जुमा पूँजीको व्यवस्था बजार विकास सुविधाका महासंघले सरकार र अन्य सम्बन्धित सबै क्षेत्रसँग सहकार्य गर्दै आएको छ ।’

उनले नीतिगत स्पष्टता र सहयोग विना स्टार्टअप राष्ट्रको लक्ष्यमा पुग्न नसकिने पनि धारणा राखे । स्टार्टअप प्रवर्द्धनका लागि स्टार्टअप इकोसिस्टमलाई प्रवर्द्धन प्रभावकारी र क्रियाशील बनाउन जरुरी रहेको पनि उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?