+
+

पुल्चोक इन्जिनियरिङ कलेजमा अनशनको समर्थनमा प्रदर्शन‍

आर्यन धिमाल आर्यन धिमाल
२०८० भदौ १२ गते १४:३६

१२ भदौ, काठमाडौं। इन्जिनियरिङ शिक्षामा भएको शुल्क वृद्धिको विरोधमा पुल्चोक इन्जिनियरिङ कलेजमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा वृद्धि गरेको शुल्क फिर्ताको माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रदर्शन गरेको हो ।  इन्जिनियरिङ शिक्षाको शुल्कवृद्धिको विरोधमा नेविसंघ पुल्चोक क्याम्पस इकाइ प्रमुख सुलभ चापागाईं आमरण अनशन बसेका छन् ।

मंगलबार प्रदर्शनमा सहभागीहरुले् इन्जिनियरिङ अध्ययन संस्थानका उपकुलपति, डीनलगायतको सांकेतिक शवयात्रा पनि निकालेका छन् । त्यस क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो ।

इन्जिनियरिङ शिक्षाको शुल्कवृद्धिको विरोधमा अखिल (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष केशव रावल, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपमहासचिव रसना यादव र अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रेम सिंह पनि आमरण अनशन बसेका छन् ।

त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको अध्ययन शुल्क तीन लाख १८ हजारबाट बढाएर ७ लाख ७७ हजार पुर्‍याइएपछि विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

हेर्नुहोस् थप तस्वीरहरु

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?